एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउदै सरकार - Himal Post Himal Post
  • ३ फाल्गुन २०८१, शनिबार
  •      Sat Feb 15 2025
Logo

एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउदै सरकार



काठमाडौं- कोरोना संक्रमण फैलिए प्रभावकारी रुपमा नियन्त्रण गर्न सरकारले देशभर एक लाख व्यक्ति राख्न सक्ने गरी क्वारेन्टाइन बनाउने प्रक्रिया अघि बढाएको छ।

तीनै तहका सरकार मिलेर संक्रमणको शंका लागेको व्यक्ति राखिने क्वारेन्टाइन बनाइने खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनाली र टेकराज थामीले लेखेका छन्।

तर, संक्रमितलाई राखेर उपचार गरिने आइसोलेसन कक्ष भने देशभर मुस्किलले एक हजार बनाउन पनि चुनौती छ।

पर्यटनमन्त्री योगेश भट्टराई नेतृत्वको क्वारेन्टाइनस्थल निर्माण तथा व्यवस्थापन कार्यदलको आइतबार बसेको बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो।

क्वारेन्टाइनको मापदण्ड सोमबार टुंगो लाग्दै छ।

कार्यदलको निर्णयअनुसार प्रत्येक प्रदेश सकारले दुई दुई हजार बेड क्षमताको क्वारेन्टाइन बनाउने छन्।

६ महानगरपालिकाले दुई दुई हजार क्षमताका गरी १२ हजार बेडको क्वारेन्टाइन बनाउनुपर्ने छ।

त्यस्तै ११ वटा उपमहानगरपालिकाले एक एक हजार बेड क्षमताको क्वारेन्टाइन बनाउने छन्।

जिल्ला सदरमुकाम हरेका तराईका स्थानीय तहले दुई हजार, पहाडका स्थानीय तहले एक हजार र हिमाली जिल्लाका स्थानीय तहले कम्तीमा पाँच सय बेड क्षमताको क्वारेन्टाइन बनाउनु पर्नेछ।