स्वास्थ्य सेवा राष्ट्रिय रणनीति सार्वजनिक - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

स्वास्थ्य सेवा राष्ट्रिय रणनीति सार्वजनिक



हिमाल पोष्ट / काठमाडौँ, ३० मङ्सिर । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवाको पहुँच बाहिर रहेका विपन्न, सुकुम्बासी, सडक बालबालिका, आप्रवासी कामदार, सीमान्तकृतलाई स्वास्थ्यको पहुँचमा ल्याउन पन्ध्र वर्षीय रणनीति ल्याएको छ ।

सेभ द चिल्डे«नसँग मिलेर बनाइएको ‘स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई समेट्ने राष्ट्रिय रणनीति (विसं २०७३–२०८८) आज सार्वजनिक गरिएको हो । पहुँच बाहिर रहेका वर्ग र समुदाय, पिछडिएका जातजाति÷धार्मिक समूह, दुर्गम क्षेत्र, विपन्न, सुकुम्बासी र सडक बालबालिका, आप्रवासी कामदार, फरक क्षमता भएका व्यक्ति, एचआइभी सङ्क्रमित, महिला यौनकर्मी, कैदीबन्दी अल्पसङ्ख्यक समूह एवं स्वास्थ्य सेवाको पहुँच बाहिर परेकालाई आधारभूत गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच र उपभोग वृद्धिका लागि स्वास्थ्य प्रणालीलाई सुदृढ पार्ने एवम् आधारभूत पूर्वाधार र लगानीको उपलब्धतामा सुधार ल्याउने उद्देश्य पूरा गर्नका लागि विभिन्न रणनीति बनाइएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले सेवाको दायराभित्र पर्न नसकेका वा पहुँच बाहिर रहेका सबैलाई संविधानले प्रदान गरेको अत्यावश्यक स्वास्थ्य सेवा पु¥याउन आवश्यक रहेकाले सो रणनीतिको आवश्यकता परेको बताउँदै हालसम्म स्वास्थ्यमा आफ्नो पहुँच बनाउन नसकेका समूहमा स्वास्थ्य सेवासहित पुग्नु र सर्वव्यापक स्वास्थ्य उपलब्धतामा योगदान पु¥याउनु रणनीतिको लक्ष्य भएको बताउनुभयो ।
स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले स्वास्थ्य र पोषण असमानता न्यूनीकरणका लागि र सर्वव्यापक स्वास्थ्य उपलब्धतामा योगदान गर्न तयार पारिएको सो रणनीतिलाई आफ्नो प्रणालीभित्रको नेपाल स्वास्थ्य क्षेत्र रणनीति (२०१५–२०२०)मा समावेश गरिसकिएको र कार्ययोजना तर्जुमासहित कार्यान्वयनको प्रक्रियामा जाने लक्ष्य मन्त्रालयले लिएको जानकारी दिनुभयो ।

मन्त्रालयका प्रमुख विशेषज्ञद्वय डा पदमबहादुर चन्द र डा किरण रेग्मी तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा पुष्पा चौधरीले देशका गरिब र विभिन्न कारण पछाडि पारिएका समूह र समुदायलाई स्वास्थ्य सेवाको मूलधारमा नल्याएसम्म विकासको लक्ष्य हासिल हुन नसक्ने बताउनुभयो । रासस