स्थानीय र जग्गादाताको माग : निगमका भ्रष्ट कर्मचारीलाई कारबाही गर - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

स्थानीय र जग्गादाताको माग : निगमका भ्रष्ट कर्मचारीलाई कारबाही गर



असोज १, काठामाडौं-

आफूहरुले सस्तोमा बेचेको जग्गा दलालमार्फत महँगोमा किनेर भ्रष्टाचार गर्ने आयल निगमका कर्मचारी र त्यसमा संलग्न सरकारी अधिकारीलाई कारबाही गर्न भैरहवाका स्थानीय जग्गा दलाल र जग्गादाताले माग गरेका छन् ।

दुइृ लाख प्रतिकठ्ठामा बेचेको जग्गा निगमले १० लाखभन्दा बढीमा किनेको देखाएर भ्रष्टाचार गरेको भन्दै स्थानीय र जग्गादाताले त्यसमा संलग्नलाई कारबाहीको माग गरेका हुन् । आजको नागरिकमा खबर छ ।

निगमको भलवारी डिपो सार्न निगमले भैरहवादेखि कारिब पााच किलोमिटर पूर्व भैरहवा परासी सडक खण्डको ओमसतिया र रोहिणी गाँउपालिकामा १४ बिघा सात कठ्ठा १४ धुर जमिन किनेको छ ।