शाखारहित बैंकिङ सेवा सुरु - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

शाखारहित बैंकिङ सेवा सुरु



धनगढी,  माघ २४

जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’ सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवा शनिबारबाट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न केसीले संयुक्त रुपमा बैंकिङ सेवाको उद्घाटन गर्नुभयो ।

शाखारहित बैंकिङ सेवाको सुरुवातले ग्रामीण क्षेत्रमा रहेका स्थानीय बासिन्दाले वित्तीय सेवा सहज सरल रुपमा लिन पाउने विश्वास गरिएको छ । बंैकले कृषि क्षेत्रलगायत अन्य स–साना कर्जा उपलब्ध गराउने जनाइएको छ । बैंकले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमकोे सहकार्यमा आगामी दुई वर्ष भित्रमा कैलाली जिल्लामा थप ६ वटासहित देशका विभिन्न भागमा गरी जम्मा ५० वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ । हालसम्म उक्त बैंकका ४२ शाखा र १८ शाखारहित सेवा केन्द्रबाट वित्तीय सेवा प्रदान भइरहेको छ । रासस