वाम एकता बैंक मर्जर गरेजस्तै: बाबुराम भट्टराई - Himal Post Himal Post
  • २५ मंसिर २०८२, बुधबार
  •      Wed Dec 10 2025
Logo

वाम एकता बैंक मर्जर गरेजस्तै: बाबुराम भट्टराई



संयोगै भन्नुपर्छ, चुनावी जितलाई पार्टी एकतामा अनुवाद गर्न कस्सिएका दुई ठूला वाम पार्टीले एकीकृत हुने दलको वैचारिक कार्यदिशामा सहमति जुटाएकै दिन नयाँ शक्ति पार्टी संयोजक डा. बाबुराम भट्टराईले त्यसलाई भनिदिए- बैंक मर्जरजस्तो ।

यी पूर्वप्रधानमन्त्रीको शब्दमा त्यस्तो ‘मर्जर’, जहाँ कुनै विचारधारात्मक एकता छैन, बरु ‘सीईओ र अध्यक्ष को बन्ने’ भागबन्डा चलिरहेको छ । यसै कारण एमाले र माओवादीसँग सहकार्यको सम्भावना अब सकिएको उनले घोषणा गरे ।

असोज १७ गते एकीकृत वाम पार्टी बनाउने लक्ष्यसहित ६ बुँदे सहमतिमा केपी ओली र पुष्पकमल दाहालसँगै हस्ताक्षर गरेका यी नेता तत्कालै कित्ता बदलेर कांग्रेससँग चुनावी गठबन्धन गर्न गएका थिए । उनले एमाले-माओवादी केन्द्रबीच एकता प्रयासको कुनै वैचारिक जग नभएको आरोप लगाएका छन् । अनि वस्तुतः उनीहरू पुरानै शक्ति रहेको भन्दै गठबन्धनबाट मुलुकका समस्या नसुल्झिने ठोकुवा गरेका छन् ।

‘खासमा हामीले उपेन्द्र यादवको फोरम, प्रचण्डको माओवादी र नयाँ शक्तिबीच भित्री कुराकानी गरेर नयाँ ढंगले तालमेल प्रयास गरिसकेका थियौं तर त्यसैबेला एमाले र माओवादीबीच अलग्गै वार्ता प्रक्रिया अघि बढिरहेको रहेछ,’ शनिबार दिउँसो विशालनगर निवासमा अन्नपूर्णसँग विशेष वार्ता गर्दै भट्टराईले खुलासा गरे, ‘हामीले बुझ्यौं- एमाले पनि त्यसमा सहभागी हुने रहेछ । वास्तवमा हामी अलिकति भ्रमित हुन पुगेछौं । नयाँ शक्तिलाई घोडा बनाएर छिट्टै सत्ताको भर्‍याङ चढ्ने उहाँहरूको मनसाय रहेछ ।’ उनले यी ‘पुराना शक्ति’ हरूसँग तालमेल गर्ने आफ्नो तत्कालीन सोचलाई त्रुटिपूर्ण भनी आत्मालोचना गरे ।

आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छः