वडाध्यक्ष कुशवाहाद्वारा स्थानीयलाई प्रहार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

वडाध्यक्ष कुशवाहाद्वारा स्थानीयलाई प्रहार



रौतहट । तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका बौधिमाई नगरपालिका– ७, का अध्यक्ष विजय कुशवाहाले स्थानीयलाई धारिलो हतियार प्रहार गर्दा एकै परिवारका चार घाइते भएका छन् ।
स्थानीय पत्रकार अभिमनुकुमार पौडेलका अनुसार धारिलो हतियार प्रहारबाट शिव गोविन्द कुशवाहा, महानन्द कुशवाहा, रामेश्वर कुशवाहा लगायत चार जना घाइते भएका हुन् । उनीहरूको टाउको र शरीरमा गम्भीर चोट लागेको छ ।
स्थानियका अनुसार सडक विस्तारबारे विवाद हुँदा वडाध्यक्ष विजयले चार जनामाथि धारिलो हतियार प्रहार गरेको हुन् । ५० जनाको समूहमा आएका वडाध्यक्षले आफूहरूमाथि आक्रमण गरेको घाइते गोविन्दले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालयले भने वडाध्यक्ष र स्थानीयबीच झपड मात्रै भएको बताएको छ । झडपका क्रममा धारिलो हतियार प्रयोग नभएको प्रहरीको दाबी छ ।