रोजगार विभागकै मिलेमतोमा मानव तस्करी ! - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

रोजगार विभागकै मिलेमतोमा मानव तस्करी !



हिमाल पोष्ट / १८ पुस, काठमाडौं । वैदेशिक रोजगार विभागकै केही कर्मचारी र केही म्यानपावर व्यवसायीले खाडी मुलुकमा घरेलु कामदार पाठउने नाममा ‘मानव तस्करी’ गर्दै आएको खुलेको छ । अवैधानिक ढंगमा घरेलु कामदार बनेर खाडी मुलुक जानेलाई निरुत्साहन गर्नुको उल्टो विभागकै कर्मचारी आर्थिक प्रलोभनमा परी मानव तस्करलाई प्रश्रय दिइरहेका छन् ।

 

श्रम तथा रोजगार मन्त्रालय र वैदेशिक रोजगार विभागको संरक्षणमा विभाग मातहतको ताहाचलस्थित काठमाडौं कार्यालयले गैरकानुनी रुपमा श्रम स्वीकृत दिएर मानव तस्करीलाई प्रश्रय दिएको हो । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।

सरकारले कुवेत, ओमान, बहराइन, साउदी, कतारलगायत मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाएको छ । तर विभागले कुवेत नगएकी दोलखा मागापौवा गाविसकी कुमारी तामा्रलाई पुस ७ गते ३१४६६५७ नम्बरको श्रम स्वीकृति दिएको छ । सुनिता मात्रै होइन, उनीजस्ता सयौंलाई वैदेशिक रोजगार विभागले गलत विवरणमा श्रम स्वीकृत दिएको पाइएको छ ।