रसियाको सानमारिनोमाथि ९–० को शानदार जित - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

रसियाको सानमारिनोमाथि ९–० को शानदार जित



एजेन्सी – अर्टिम ज्युभाको ह्याट्रिक सहयोगमा रसियाले युरोकप छनोटमा सानमारिनोमाथि ९–० को शानदार जित निकालेको छ ।

घरेलु मैदानमा शनिबार राति भएको समूह ‘आई’ को खेलमा रसियाले फराकिलो जित हात पारेको हो । रसियाको जितमा अर्टिमले ह्याट्रिकसहित ४ गोल गर्दा फेडोर सोमोलोभले २ तथा फेडोर कुद्रायसोभ र एन्टन मिरानचुकले समान १ गोल गरे । एक गोल उपहार पाएको थियो ।

गोलको वर्षा भएको खलेमा रसियाले खेलको २५औं मिनेटमा मिचेले केभेलीको आत्मघाती गोलबाट अग्रता बनाएको थियो । ३१औं मिनेटमा अर्टिमले पेनाल्टीमा गोल गरे । ३६औं मिनेटमा फेडोरले कुद्रायसोभले गोल थपे । ४१औं मिनेटमा एन्टनले गोलपछि घरेलु टोलीले पहिलो हाफमा ४–० को आरामदायी अग्रता बनाएको थियो ।

रसियाको गोल गर्ने क्रम दोस्रो हाफमा पनि नरोकिदा थप ५ गोल गर्न सफल भयो । ७३औं मिनेटमा अर्टिमले व्यक्तिगत दोस्रो गोल गरे । ७६औं मिनेटमा अर्टिम पेनाल्टीमा चुके । तर, ७६औं मिनेटमै अर्टिमले गोल गर्दै ह्याट्रिक पुरा गरे ।

७७ र ८३औं मिनेटमा सोमोलोभले गोल गरेपछि रसिया ८–० को फराकिलो अग्रता बनायो । ८८औं मिनेटमा अर्टिमले एक गोल थप्दै टोलीलाई ९–० को फराकिलो जित दिलाए ।

समूह ‘आई’ मा रसियाको यो दोस्रो जित हो । रसिया ६ अंक जोडेर दोस्रो स्थानमा छ । सानमारिनो अंकविहीन हुदै पुछारमा छ ।

यही समूहको अर्काे खेलमा स्कटल्यान्डले साइप्रसलाई २–१ ले हरायो ।