भ्रममा नपर्नुहोस् ! अब भारु साटिने छैन - Himal Post Himal Post
  • ३ जेष्ठ २०८१, बिहीबार
  •      Thu May 16 2024
Logo

भ्रममा नपर्नुहोस् ! अब भारु साटिने छैन



४ पुस, काठमाडौं । तत्कालका लागि नेपालीसँग भएको ५ सय र १ हजार दरका भारतीय नोट नसाटिने भएको छ । नेपाल राष्ट्र बैंकले पटक-पटक आग्रह गरे पनि भारतीय वित्त मन्त्रालयले बेवास्ता गरेपछि तत्कालका लागि नोट नसाटिने निश्चित भएको हो ।

भारतमा पुस १६ गतेसम्म नोट साट्ने अवधि छ । भारतीय पक्षले नेपालीसँग भएको भारतीय नोट साट्ने कुरमा खासै चासो नदिएका कारण नेपाली टोली भारत जान सकेको छैन । राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले अहिलेसम्म नेपालले भारतीय पक्षबाट आउने जवाफ कुरेर वसिरहेको वताएका छन् ।

यसअघि ठूला दरका भारतीय रुपैयाँ साट्ने सम्बन्धमा छलफल गर्न अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय र राष्ट्र बैंकका प्रतिनिधि सम्मिलित समिति बनाएर भारत जाने टेपुटी गभर्नरले वताएका थिए । आजको कारोबार दैनिकमा समाचार छ ।