भाषणमात्रै सुनाउँछन् नेताहरु, मतदाताका कुरै सुन्दैनन् - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

भाषणमात्रै सुनाउँछन् नेताहरु, मतदाताका कुरै सुन्दैनन्



काठमाडौं-

अपरिचित ठाउँ पनि होइन, अपायक पनि होइन । बिन्ध्यवासिनी मन्दिरबाट सराङ्कोटतिर उकालो लाग्ने ठाउँबाट १५ किलोमिटरको मोटरबाटोको दूरीमै छ, कास्कीकोट । कास्कीकोटको पनि मूलबाटोबाट एक मिनेट उत्तरीपाखोको भुजेल गाउँ उत्तरतिर फर्किएर माछापुच्छ्रे हिमालसँग आँखा जुधाइरहन्छ । तर, गाउँलेले दलका नेतासँग आँखा जुधाउन पाएका छैनन् ।

सुन्दर हिमाली दृश्यले लोभ्याउने यो गाउँमा भुजेल संस्कृतिमात्रै छैन, ब्राह्मण, क्षत्री र दलितको सहिष्णुता र सद्भाव पनि छ । यत्ति हो गाउँमा पानी भने छैन । पानीका लागि स्थानीयले वर्षैाँदेखि पर्खिएका छन् । अरू बेला नआए पनि चुनावमा नेता आउलान् र तिनलाई व्यथा पोखौंला भन्ने पनि छैन भुजेल गाउँलाई ।अाजकाे अन्नपुर्णमा खबर छापिएकाे छ ।

२०६४ को चुनाव आयो, गयो । २०७० को चुनाव आयो, गयो । तर कोही नेता भोट माग्न पनि गाउँ आएनन् । गाउँलेलाई लागेको थियो, नेताले भोट माग्नेछन्, त्यही बेला पानी मागौंला ।
पोखरा महानगरको वडा नम्बर २४ र निर्वाचन क्षेत्र विभाजनअनुसार कास्की ३ मा पर्ने भुजेल गाउँको त्यो धोको यसपालि पनि पूरा हुने छेकछन्द देखिएन ।प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार शुक्रराज शर्मा कास्कीकोट आएका थिए, तर भुजेल गाउँ पसेनन् ।

वाम गठबन्धनतर्फबाट प्रदेशमा एमाले उम्मेदवार राजीव पहारी पनि कास्कीकोटको मूलबाटो हुँदै हिँडिसके तर भुजेल गाउँ छिरेनन् । प्रतिनिधिसभा सदस्यका लागि एमाले उम्मेदवार जगत विश्वकर्मा कास्कीकोट उक्लिसकेकै छैनन् ।