बालुवाटारमा मुलुक टुक्राउन सहमति हुदैछ - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

बालुवाटारमा मुलुक टुक्राउन सहमति हुदैछ



हिमाल पोष्ट /बुटवल, २९ मंसिर । नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले प्रदेश नं. ५  टुक्राउने  सहमति नभई मुलुकनै टुक्राउने सहमति भएको बताएका  छन्   । उनले  ५ नम्बरलाई टुक्राउने अनि त्यसलाई नजिर बनाएर अन्य प्रदेशमा समेत हात हाल्ने चाल भएको उल्लेख गरे  ।

संविधान संशोधन विधेयकको विरुद्वमा आज बुटवलको पुष्पलाल पार्कमा भएको कोणसभामा उहांले ५ नं. मा कुनै विवाद पनि नभएको र आर्थिक, राजनीतिक, ऐतिहासिक कुनै हिसावले यस क्षेत्र पहाड र तराई टुक्रिन नसक्ने भन्दै जनतालाई भाड्नको लागि अनेक हर्कत गरिएको तर्क गरे  ।

 

अहिलेको आन्दोलन ५ नं. को मात्र नभएर राष्ट्रिय आन्दोलन भएको चर्चा गदै उपमहासचिव भुसालले यो आन्दोलन सफल बनाउन सबैमा आग्रह गर्नुभयो । मधेसी र पहाडी यस क्षेत्रमा सदियौ देखि मिलेर बसेका हुनाले विभिन्न खाले षड्यन्त्रबाट बच्नु पर्ने उल्लेख गरे  ।

संविधानसभा असफल बनाउन अरवौको खोलो बगाएर विभिन्न जात जाति विच फुटाउने षड्यन्त्र पार गदै संविधान बनाएको हुदा कार्यान्यवको दिशामा लाग्नु पर्ने उनको भनाई छ । उनले संविधान लागु नभए राष्ट्र कहिल्यै नउठ्ने गरी वर्वादीको दिशामा जाने चेतावनी दिए  ।

संविधान संशोधन विधेयकको विरुद्वमा संयुक्त संघर्ष समितिले फेरि दोस्रो चरणको आन्दोलन गदै आएको छ । हिजो दिउसो १ देखि २ बजे सम्म चक्काजाम गरेको समितिले आज पनि सोही समयमा बन्द गराएको थियो । भोलि सांझ ५ बजे सिठ्ठी जुलुश निकालिने संघर्ष समितिले जनाएको छ ।