प्रशिक्षक बस्न्यातमाथि दुर्व्यवहारको आरोप - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

प्रशिक्षक बस्न्यातमाथि दुर्व्यवहारको आरोप



३० कात्तिक, काठमाडौं । गत महिना हङकङमा सम्पन्न महिना विश्वकपको एशियाली छनौट प्रतियोगिताका क्रममा प्रशिक्षक राजु बस्न्यातले आफुहरुमाथि दुर्व्यवहार गरेको आरोप राष्ट्रिय महिला क्रिकेट टोलीका सदस्यहरुले लगाएका छन् ।

टोलीका सिनियर खेलाडीहरुले राष्ट्रय खेलकुद परिषद (राखेप) मा उजुरी गरेपछि घटना सार्वजनिक भएको हो । प्रशिक्षक बस्न्यातले भने खेलाडीमाथि आफुले कुनै गलत व्यवहार नगरेको बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

खेलाडीको उजुरीमा राखेपसँगै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले समेत चासो ब्यक्त गरेको छ ।

सोमबार नेपाल आइपुगेका आइसीसीका नेपाल प्रतिनिधि अमिर शेखले खटनाबारे राखेप सदस्यसचिव केशवकुमार बिष्टसँग टेलिफोनमा कुरा गरेका छन् ।

सदस्य सचिव विष्टले पनि अमरले फोन गरेको र उनलाई घटना गम्भीर हुनसक्ने जानकारी गराएको बताए ।