प्रत्येक प्रदेशमा आमसंचार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न माग
बुटवल। समसामयिक विषयमा ५ वुदे लुम्विनी घोषणा पत्र जारी गर्दे प्रेस सेन्टर नेपाल प्रदेश नं ५को भेला विहिवार सम्पन्न भएको छ ।
भेलाले श्रमजिवि पत्रकार ऐन पुर्ण कार्यान्वयनको लागि जोडदार माग गरेको छ । त्यसैगरी मिडियाको दिगो व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा कानूनी व्यवस्था गर्न ,स्थानीय मिडियाको प्रवद्र्धन र विकासका लागि विज्ञापनको न्यायोचित वितरण र समानुपातिक विज्ञापन प्रणाली तत्काल लागू गर्न पनि भेला आग्रहले आग्रह गरेको छ ।
त्यसैगरी भेलाले पत्रकारहरुको पेशागत तथा व्यावसायिक क्षमता अभिवृद्धिको लागि सरकारी तवरबाट प्रदेश स्तरमा आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्न माग गरेको छ भने नेपाल पत्रकार महासंघको विधान अनुसार यथाशिघ्र छिटो प्रदेश संरचना लागु गर्न आग्रह गरेको छ ।
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढ रहँदै स्थानीय सरकारहरुलाई पारदर्शी, जवाफदेही र जनताप्रति उत्तरदायी बनाउन सधैं खबरदारी गरिरहने भेलाले संकल्प गरेको अध्यक्ष मौसम रोकाले जानकारी दिए ।
भेलाले अन्तर्राष्ट्रिय पर्यटकीय स्थल तथा विश्व शान्तिको मुहान लुम्बिनीको विकास र पर्यटन प्रवद्र्धनको लागि प्रभावकारी पहलकदमी लिने प्रतिबद्धता व्यक्त गर्दै बृहत्तर लुम्बिनी विकासका लागि राज्यको विशेष ध्यानाकर्षण गरेको छ ।
उद्घाटन कार्यक्रममा नेकपा माओवादी केन्द्र प्रदेश नं ५का फ्याक्सन इन्जार्ज जेपि भटराई अपारले मिडियाले जनतामा विचार र सुचना प्रदान गर्ने भएकाले जनपक्षिय पत्रकारितामा जोड दिए ।
सो अवसरमा लम्विनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले गुरुयोजना पुरा गर्दे वृहत्तर लुम्विनीको विकासको लागि सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए । लुम्विनीको विकासमा आफूले सक्दो प्रयास जारी राखेको वताउदै आफ्नो कार्यकालमा धेरै प्रगती भएको बताए ।
प्रेस सेन्टरमा महासचिव विष्णु सापकोटा, सचिव मनोज घर्ति, एमाओवादी केन्द्र रुपन्देहीका सहसंयोजक अनुप वराल लगायले सम्वोधन गर्दे पत्रकारिता मार्फत समाज रुपान्तरण भएकाले पत्रकारले सोही प्रकारको भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए ।
प्रशिक्षण सहितको भेलामा प्रमुख प्रशिक्षक टिकाराम राईले व्यसायीक पत्रकारीतामा पत्रकारको लगाव हुनु पर्नेमा जोड दिदै पत्रकारमा अध्ययनसिलताको आवश्यकता रहेको बताए