पपुलर सिने अवार्ड २०१६ सम्पन्न गर्न अमेरिकामा समिति गठन - Himal Post Himal Post
  • ३० चैत्र २०८१, आईतवार
  •      Sun Apr 13 2025
Logo

पपुलर सिने अवार्ड २०१६ सम्पन्न गर्न अमेरिकामा समिति गठन



नेपाल फिल्म सोसाइटी-नेपाल, अमेरिका नेपाल टेलिभिजन-अमेरिका र बिआरटी नेपाल डट कमको आयोजनामा तथा नेपाल चलचित्र बिकास बोर्डको सहयोगमा अमेरिकाको कोलोराडोमा राज्यमा हुनगइरहेको नेपाली पपुलर सिने अवार्ड कार्यक्रम सम्पन्न गर्न नायक तथा अमेरिका नेपाल टेलिभिजनका संचालक नवराज श्रेष्ठको संयोजकत्वमा एक बत्तिस सदस्यीय मूल समिति र अन्य बिभिन्न उपसमितिहरु गठन गरिएको छ । कार्यक्रमलाई सफलतापूर्वक पुरा गर्न कोलोराडोमा रहेका नेपालीहरुको विभिन्न संस्थाहरुको प्रतिनिधिहरुको सहभागिता गरिएको एक छलफलमा अवार्ड कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै संयोजक श्रेष्ठले यस कार्यक्रममा नेपालका ख्याती प्राप्त पुराना तथा नयाँ कलाकारहरुलाई सम्मानित गरिने बताए ।

अमेरिकामा रहेका नेपालीहरुको प्रत्यक्ष सहभागितामा हुन लागिरहेको यस किसिमको पहिलो कार्यक्रममा नेपालबाट ख्यातिप्राप्त कलाकारहरुको अतिरिक्त उत्तर अमेरिकामा रहेका नेपाली कलाकारहरु र कलाप्रेमीहरुलाई पनि ठूलो संख्यामा कार्यक्रममा सहभागी गराउने लक्ष्य लिइएको छ । यसै गरी संयोजक श्रेष्ठले यस कार्यक्रमबाट नेपाली चलचित्र क्षेत्रमा योगदान गर्ने पुराना कलाकारहरुलाई सम्मान गर्न, नयाँ कलाकारहरुलाई प्रोत्साहन गर्न तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली चलचित्रको बजार बिस्तार गर्न सहयोग पुग्ने आशा गरिएको पनि बताए । आगामी नोभेम्बर ५ मा आयोजना गरिने उक्त कार्यक्रमलाई अमेरिका र नेपालमा रहेको विभिन्न मिडियाहरुबाट प्रत्यक्ष तथा रेकर्डेड रुपमा प्रसारण गरिने बताइएको छ ।