नेपाली जन सम्पर्क समिति दक्षिण भारतको बैठक सम्पन्न - Himal Post Himal Post
  • २६ पुष २०८२, शनिबार
  •      Sat Jan 10 2026
Logo

नेपाली जन सम्पर्क समिति दक्षिण भारतको बैठक सम्पन्न



योगेन्द्र गौतम
भारत, १० साउन
नेपाली जन सम्पर्क समिति दक्षिण भारतको बैठक सम्पन्न भएको छ । दक्षिण भारतको तेलंगाना राज्यको प्रमुख सहर हैद्रबादमा क्षेत्रिय अध्यक्ष कमल गुरुङ्गको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

श्री कृष्ण निलाएम हिन्दु सभाहल सुलतान बजारमा सम्पन्न बैठकबाट प्रमुख अथिति समितिका केन्द्रीय सदस्य एवं क्षेत्रिय प्रभारी कान्ति प्रसाद धमलाले सम्पूर्ण पदाधिकारीहरुलाइ संगठन प्रति कटिबद्ध रहेर एकात्मक रुपमा अगि बढ्न निर्देशन दिएका छन् । त्यस्तै आफ्ना भनाई राख्दै बिशिष्ठ अथिति समितिका पुर्ब केन्द्रिय शिक्षा सचिब एवं नेपाली कांग्रेस १२ औं माहाधिबेशनका प्रतिनिधी राम प्रसाद रिमालले प्रवाशमा नेपालीको एकता आजको आवस्यकतामा चर्चा गर्दै संपूर्ण उपस्थितहरुमा नेपालको बर्तमान राजनितीको बिषयमा प्रकाश पारेका थिए ।

नेपाली कांग्रेस १३ औ माहाधिबेशनका प्रतिनिधी एवं क्षेत्रीय समितिका प्रमुख सल्लाहाकार तथा अर्का बिषेश अतिथी जनक बोगटीले बिगतका तिता मिठा सबै बिषयलाइ भुलेर संपूर्ण शाखाहरु एकरुपमा बिकास गर्दै अगि बढन आहावान गरेका थिए । उक्त अवसरमा केन्द्रीय समितिका काशीराम आचार्य , पहराम बिष्ट , नैनसिह बिष्ट , क्षेत्रीय समितिका बरिष्ठ उपाध्यक्ष राज बाहादुर कुवर ,मिन बाहादुर कुवर , पुर्ब माहासचिब योगेन्द्र गौतम , सहकोषाध्यक्ष गोबिन्द भण्डारी , तिर्थ कुवर , लोक बाहादुर साउद , गणेश कुवर , बृख बिक , देबेन्द्र बोगटी , धन बाहादुर चलाउनी , कपूर बिष्ट , लगाएतका बक्ताहरुले आफनो बक्तब्य दिएका थिए भने नेपाल दलित संघ भारत इकाईका अध्यक्ष जनक बिक अछाम शिक्षक संघका सचिब नेपाल महिला संघ हैद्रबादकी सचिब अमृता जोशी लगायत आफ्नो मन्तब्य राखेका थिए ।

नेपाली जन संपर्क समिति दक्षिण भारत , भारतको पाच राज्य जस्तै तेलंगाना , आन्द्रा प्रदेस , करनाटाका , तामिलनाडु र केरलामा रोजगार गर्ने नेपालीहरुलाइ समितिमा समेट्दै उनीहरुमाथी हुने अन्याय अत्याचार दमन शोषण हत्या हिंशा नारी बेचबिखनका बिरुद्ध आवाज उठाउदै आएको छ । ३२ शाखाको धनी नेपाली जन संपर्क समिति दक्षिण भारतमा अनगिन्ती उपशाखाहरु छन । आईतवार बसेको समितिको बैठक निकै सकरात्मक रहेको थियो । उक्त बैठकमा क्षेत्रको गतिबिधी आर्थिक आयब्याय नेपालको राजनिती बिश्लेषण र मातृ पार्टी नेपाली कांग्रेसको नीति र निर्देशिकाको बारेमा पनी छलफल भएको थियो । साथै उक्त बैठकमा जननायक स्वर्गीय बि पी कोइरालाको ३५ औ स्मृति दिवस को अवशरमा स्वर्गीय कोइराला प्रति हार्दिक शारदा सुमन अर्पण गरिएको थियो ।