नागरिकता वितरणको ढड्डा नै गायव ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

नागरिकता वितरणको ढड्डा नै गायव !



हिमाल पोस्ट / ३० कात्तिक ।
जिल्ला प्रशासन कार्यालय झापाद्वारा वितरण गरिएको ७५० भन्दा धेरै नागरिकताको ढड्डा नै गायव पारिएको छ ।

१० बर्षअघि नै त्यो ढड्डा गायव पारिएको भएपनि भर्खरैमात्र यसको खुलासा भएको हो । २०६३ चैतमा टाघनडुब्बा गाविसमा टोलीद्वारा वितरण गरिएको नागरिकताको रेकर्ड गायव पारिएको आजको राजधानी दैनिकमा समाचार छ ।

जिल्ला प्रशासन कार्यालयका तत्कालिन अधिकृत ज्ञानेन्द्र ओझा प्रमुख रहेको टोलीले वितरण गरेको नागरिकताको सक्कल ढड्डा गायव पारिएको हो ।

भारतसँग सीमा जोडिएको त्यस गाविसमा त्यतिबेला धेरै भारतीयलाई नागरिकता दिलाइएकाले सक्कल ढड्डा नै गायव पारिएको हुनसक्ने अनुमान गरिएको छ ।