दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन आजबाट



काठमाडौँ, फागुन १४ 

दक्षिण एसियाका दलित सांसदको अन्तर्राष्ट्रिय सम्मेलन शनिबारबाट काठमाडौँमा सुरु हुँदैछ ।

एसियन दलित संसदीय सरोकार मञ्चको आयोजनामा हुने दुईदिने सम्मेलनमा दलित समस्याको समाधानका लागि साझा रणनीतिबारे छलफल गरिने जनाइएको छ ।

मञ्चका अनुसार दक्षिण एसियाका नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्कालगायतका देशमा जातीय विभेद विद्यमान छ ।

यिनै देशका दलित सांसदले संयुक्त पहल गर्न सम्मेलन आयोजना गरिएको मञ्चका संयोजक एवं सांसद मीन विश्वकर्माले जानकारी दिनुभयो ।  शुक्रबार मञ्चले पत्रकार सम्मेलन आयोजना गरेर फागुन १४ र १५ गते संसारमा अन्धविश्वास र कुरीतिका रूपमा रहेको छुवाछूत तथा जातीय भेदभाव अन्त्यका लागि एसिया दलित अधिकार फोरमको सहयोगमा उक्त सम्मेलन गर्न लागिएको जानकारी दिएको छ ।

सम्मेलनमा विभिन्न देशमा रहेको जातीय भेदभाव तथा छुवाछूतको अवस्था र अबको रणनीतिबारे छलफल हुने पत्रकार सम्मेलनमा बताइयो ।