तीस दललाई सय रुपियाँ जरिवाना - Himal Post Himal Post
  • २७ माघ २०८२, सोमबार
  •      Mon Feb 9 2026
Logo

तीस दललाई सय रुपियाँ जरिवाना



काठमाडौँ, फागुन १५ 

निर्वाचन आयोगले तोकिएको म्यादभित्र कानुनअनुसार आयव्यय विवरणको वार्षिक प्रतिवेदन पेस नगर्ने ३० वटा राजनीतिक दललाई एक सय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।  राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम ती दलहरूलाई एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गर्दै सात दिनभित्र जरिवना तिर्न समय दिएको छ ।

आयोगको शुक्रबार बसेको बैठकले स्पष्टीकरण पेस गर्न समय दिइएकोमा निर्धारित म्यादभित्र स्पष्टीकरण पेस नगर्ने नौ राजनीतिक दल र पेस गरेको स्पष्टीकरण चित्तबुझ्दो नदेखिएका १९ राजनीतिक दल गरी जम्मा ३० राजनीतिक दललाई एक रुपियाँ जरिवाना गर्ने निर्णय गरेको छ ।
आयोगले दिएको जानकारीअनुसार ती दलहरूलाई एक सय रुपियाँ जरिवाना गर्दै सात दिनभित्र जरिवाना तिर्न समय दिएको छ ।  आयोग बैठकले ती दलहरूलाई राजनीतिक दलसम्बन्धी ऐन, २०५८ को दफा १६ बमोजिम एकसय रुपियाँ जरिवाना गर्ने निर्णय गरेको हो ।