छाउगोठमा निस्सासिएर किशोरीको मृत्यु - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

छाउगोठमा निस्सासिएर किशोरीको मृत्यु



४ पुस, काठमाडौं । महिनावारी हुँदा छाउगोठमा सुतेकै अवस्थामा किशोरीको निस्सासिएर मृत्यु भएको छ । अछाम गाज्रा ७ की १५ वर्षीया रोशनी तिरुवाको छाउगोठमै मृत्यु भएको हो ।

अघिल्लो दिन बेलुकी ६ बजेतिर खाना खाएर छाउगोठमा सुतेकी रोशनी बिहान अबेरसम्म नउठेपछि बोलाउन जाँदा मृत अवस्थामा भेटिएकी थिइन् । छाउगोठमा बेलुकी आगो तापेर सुतेकी उनको निस्सासिएर मृत्यु भएको प्रहरीको भनाई छ ।

शनिबार स्कुल विदा भएकाले रोसनीले दिनभर जंगल गएर एक भारी दाउरा ल्याएकी थिइन् । उनी स्थानीय राष्ट्रभाषा माध्यमिक विद्यालयमा ९ कक्षामा अध्ययन गर्थिन् ।

एक वर्षअघि नै छाउगोठमुक्त घोषणा भएको गाज्रा गाउँमा नै छाउगोठमा निस्सासिएर रोशनीको मृत्यु भएको हो । महिला तथा बालबालिका कार्यालयले सेभ द चिल्ड्रेनको सहयोगमा छाउपडी निवारण परियोजनाअन्र्तगत गाज्रालाई छाउठोगठमुक्त गाउँ घोषणा गरेको थियो ।

पछिल्लो एक दशकमा अछाममा १० जना महिला तथा किशारीले छाउपडी गोठमा बस्दा ज्यान गुमाइसकेका छन् । अन्नपूर्ण पोस्ट् दैनिकमा समाचार छ ।