गाँजर खाँदा शरीरलाई यस्तो फाइदा !
एजेन्सी । खानामा सलादको रुपमा प्रयोग गरिने गाँजरमा प्रशस्त मात्रामा भिटामिन ए, बिटा क्यारोटीन, मिनरल्स,, एन्टी अक्सिडेन्ट हुन्छ । जुन शरीरका लागि लाभदायी हुन्छ ।
गाँजरको नियमति सेवन गर्नाले आँखा तेजिलो हुनुका साथै मोतिबिन्दु, रतन्धो लगायतका समस्या समाधान गर्न मद्दत मिल्छ । गाँजरको सेवनले शरीरका बिकार पदार्थ बाहिर निकाल्न मद्दत गर्छ ।
गाँजर खानाले शरीरमा यौनक्षमतामा बृद्धि ल्याउनुका साथै मूलाको रसमा गाजरको रस मिलाएर सेवन गर्नाले यौन क्षमता बढाउन मद्दत मिल्छ । गाँजरको नियमित सेवनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउँछ र शरीरमा शक्ति पैदा गर्छ
गाँजरको नियमित सेवनले पाचन शक्ति बढाउनुका साथै अल्सर तथा फोक्सो, स्तन, कोलोन क्यान्सर जस्ता खतरनाक रोग लाग्नबट बचाउँछ । गाँजरमा प्रशस्त मात्रामा भिटामिन इ हुन्छ । जसले रगतमा क्यान्सरका कोष बिकसित हुनबाट रोक्छ ।
गर्मीमा सलादको रुपमा गाँजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ । गाँजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ ।
-चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ ।
-आँखालाई स्वस्थ राख्छ ।
-क्यान्सर हुने सम्भावना कम हुन्छ ।
-पाचन शक्ति राम्रो हुन्छ ।
-मानसिक थकाइ कम गर्छ ।
-भिटामिनका कारण मुटुलाई स्वस्थ राख्छ ।