गणेसमानको बिचारको अनुसरण गर्नु पर्नेमा बक्ता जोड
भैरहवा, ३ असोज,प्रजातन्त्रका एवं २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमान्डर स्वर्गीय गणेशमान सिंहको २० औं स्मृती दिवसको अवसरमा नेपाली काँग्रेस रुपन्देहीले मंगलबार भैरहवामा श्रद्धाञ्जली कार्यक्रम गर्दै उनका बिचार र ब्यबहारको अनुकरण आजको आवश्यकता रहेको औल्याएको छ ।
कार्यक्रममा बोल्ने बक्ताहरुले सिंहको प्रजातन्त्र स्थापनामा अग्रहणी भुमीका रहेको बताए । नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने राजनीतिमा सक्र्रीय रुपमा लागेको स्मरण गर्दै उनि जहीले पनि देस र जनताको हितमा लागेको बताए ।
नेपाली काँग्रेस रुपन्देहीका पुर्व सभापति रामचन्द्र ढकालले गणेशमानको व्यक्तित्व, योगदान र प्रजातन्त्रप्रतिको उनको निष्ठा र पार्टी त्यागका सम्बन्धमा चर्चा गर्दै उनले देखाएको बाटोको अनुशरण गर्नुपर्ने धारणा राखेका थिए । काँग्रेसका पुर्व सगंठन सचिव दिर्घराज काफ्लेले बिपीको आदर्श मूल्य र मान्यतालाई भुलेर पद, पैसा र प्रतिष्ठाका लागि राजनीति गर्नेहरुका कारण राजनीती प्रति जनताको विस्वास घट्दै गएको टिपपणी गरे ।
सचिव खाँणको सभापतित्व, जिल्ला सदस्य बिष्णु बहादुर थापाको सचांलन, कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेको स्वागतमा सम्पन्न कार्यक्रममा क्षेत्र नम्वर ३ का क्षेत्रीय सभापति प्रेम बहादुर फौजदार, बुटवल उपमहानगर पालीकाका सभापति खेलराज पाण्डे, प्रध्यापक सघंका अध्यक्ष मदन कट्टेल, महाधिवेस प्रतिनीधीहरु गंगा साही, दलबहादुर बिक, तरुणदल रुपन्देहीका सचिव रमेस साही, सिद्धार्थ नगर ७ का बुथ सभापति बसन्तलाल कर्ण, समाजसेवि मोहम्मद खाँन लगायतले बोल्दै सिंहले अङ्गिकार गरेको पार्टीप्रतिको अनुशासन र समयलाई काँग्रेसजनले भुल्दै गएकामा चिन्ता व्यक्त गरे ।
सिंहको २००३ सालमा स्थापित नेपाली कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन उल्लेखनीय भूमिका रहेको छ । त्यस्तै उनि २००७ सालको क्रान्तिका एक अगुवाका रूपमा बीरगञ्ज मोर्चामा सशस्त्र संघर्ष गरेका थिए । संर्घषका हिसाबले बीपी कोइरालाभन्दा बढी समयसम्म देशमा प्रजातन्त्र बहाली र पुर्नबहाली लागि समर्पित गणेशमान सिंह सैद्धान्तिक हिसाबले बीपीका अनुयायी र सबैभन्दा ठूला समर्थकका रूपमा नेपाली कांग्रेसलाई लोकप्रिय बनाउन सदा क्रियाशिल रहेको पाईन्छ ।
पहिलो जननिर्वाचित सरकारमा वरिष्ठ मन्त्री रहेका गणेशमानले २०१७ सालमा प्रजातन्त्र अपहरण भएपछि आठ बर्ष निरन्तर काराबास भोगेका थिए । त्यसपछि पुनः प्रबासमा राजनीतिक संगठन विस्तार गरी २०३३ सालमा बीपीसँगै राष्टिूय मेलमिलापको नारा लिई स्वदेश फर्केर तत्कालीन पञ्चायती ब्यबस्थाका बिरूद्ध उनि सक्रिय भएका थिए ।
तत्कालीन पञ्चहरूबाट बीपीसँगै मृत्युदण्डको माग गरिएका गणेशमानले २०३६ सालको बिद्यार्थी आन्दोलन र जनमत संग्रहमा उत्तिकै नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बीपीको निधनपछि कांग्रेसका सर्वोच्च नेताका रूपमा गणेशमानले २०४२ सालको सत्याग्रह आन्दोलन आरम्भ गरेका थिए ।
१९९७ सालदेखि अनवरत राजनीतिमा समर्पित कडा स्वभाव र जुझारू व्यक्तित्वका र्सवप्रिय नेता गणेशमानको अर्को महत्वपूर्ण योगदान २०४६ सालमा रहेको थियो । राष्ट्रिय जनआन्दोलनका लागि कम्युनिष्टहरूसँग मिलेर पञ्चायत बिरूध्द आन्दोलनको घोषणा गर्ने गणेशमानसिंह उक्त आन्दोलनका सर्वोच्च कमाण्डर थिए ।