दाङमा एक्सरे गर्न आएकी महिलालाई सबै कपडा खोल्न लगाएपछि... - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

दाङमा एक्सरे गर्न आएकी महिलालाई सबै कपडा खोल्न लगाएपछि…



काठमाडौं- एक्सरे गर्न अस्पतालमा आएकी महिलालाई सबै कपडा खोल्न लगाएर हिंसा गरेको आरोपमा दाङमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

घोराही उपमहानगरपालिका–१५ लुहासपुरमा रहेको गोरखा पब्लिक हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका-५ निवासी २२ वर्षीय नवराज डाँगीलाई प्रहरीले पक्राउ गरेको हो।

आइतबार अस्पतालमा छातीको एक्सरे गर्न आएकी एक महिलालाई डाँगीले पुरै कपडा खोल्न लगाएर एक्सरे गरेको आरोप लागेपछि प्रहरीले प्रक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एव प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिएका छन्।

घोराही उपमहानगरपालिका–१८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेर अनुसन्धान थालेको प्रवक्ता खड्काले जानकारी दिए।

‘आइबार छातीको एक्सरे गर्न अस्पताल आएकी महिलालाई कम्मर मुनिको समेत कपडा खोल्न लगाई नाङ्गै बनाएर एक्सरे गरेको भन्ने जाहेरी परेपछि अनुसन्धानका लागि डाँगीलाई पक्राउ गरेका हौं,’ प्रवक्ता खड्काले भने, ‘घट्नाबारे थप अनुसन्धान भैरहेको छ।’