के तपाई डन्डिफोरले हैरान त हुनुहुन्न ? डन्डिफोर हटाउने यस्ता छन् उपायहरु - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

के तपाई डन्डिफोरले हैरान त हुनुहुन्न ? डन्डिफोर हटाउने यस्ता छन् उपायहरु



सुन्दर देखिने रहर सबैलाई हुन्छ । अनुहारको छालालाई सफा , सुन्दर र चम्किलो बनाउनको लागि हामी के मात्र गर्दैनौं । तर अनुहारलाई सफा बनाउनको लागि हरेक किसीमको प्रयास गर्दागर्दै पनि हाम्रो अनुहारको छालामा विभिन्न किसीमको समस्या देखिन्छ । यसमध्ये अनुहारमा पिम्पल आउनु पनि एक ठूलो समस्या हो । डन्डिफोरले मानिसलाई कुरुप बनाईदिन्छ ।

 छालासम्बन्धी अन्य विभिन्न समस्या पनि निम्त्याउने गर्छ । त्यसैले डन्डिफोर आउन नदिन सावधानी अपनाउन जरुरी हुन्छ । तर, डन्डिफोर आइहाले के गर्ने त ?

१) डन्डिफोरको समस्या हुनेले अनुहारलाई दिनको दुई–तीनपटक राम्रोसँग सफा गर्नुपर्छ । यदि अनुहार सफा भयो भने अनुहारका कोषहरूमा ऊर्जा पुग्छ ।

२) आफ्नो छाला सुहाउँदिलो फेसवास प्रयोग गर्नुपर्छ । गुलाब, स्याउबाट बनेका प्राकृतिक फेसवास प्रयोग गर्दा राम्रो हुन्छ ।

३) नियमित छाला सफा गर्दा अनुहारमा रहेका धुलोका कणलाई हटाइदिन्छ । अनुहार सफा गर्ने नाममा बारम्बार सफा पनि गर्नुहुँदैन । यसले अनुहारलाई फुस्रो बनाइदिन्छ ।

४) डन्डिफोर कम गर्न नियमित रूपमा पर्याप्त पानी पिउने बानी बसाल्नुपर्छ ।

५) डन्डिफोरलाई हातले छुनुहुँदैन । हात फोहोर भएका वेला त झनै छुनुहुँदैन । यसले संक्रमण बढाउने सम्भावना हुन्छ ।

६) डन्डिफोर आएर हैरान पार्छ भने त्यस्ता युवायुवतीले बढी चिल्लो, पिरो र अमिलो खानुहुँदैन ।

&) डन्डिफोरले अति दुःख दियो भने छालाविज्ञलाई देखाउनुपर्छ ।