ऊर्जा राज्यमन्त्रीले तिरे जरिवाना ! - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

ऊर्जा राज्यमन्त्रीले तिरे जरिवाना !



हिमाल पोस्ट / ३ मंसिर, काठमाडौं । ऊर्जा राज्यमन्त्री सत्यनारायण भगतले विद्युत् प्राधिकरणलाई तिर्न बाँकी तीन महिनाको महसुल बिहीबार तिरेका छन् ।

चन्द्रनिगाहपुरस्थित घरमा बिजुली बालेको तीन महिनाको बक्यौता रकम बिहीबार प्राधिकरणको प्रशाखा कार्यालयमा बुझाएका हुन् ।

विद्युत् महसुल समयमा नबुझाएका कारण राज्यमन्त्री भगतले दुई महिनामा दुई हजार ९२ रुपैयाँ जरिवाना तिरेका छन् । ऊर्जा राज्यमन्त्री भगतले आमनागरिकसरह प्राधिकरणमा महसुल बुझाउन आएको बताएको अाजको नयाँ पत्रिकामा समाचार छ ।

उनले महसुल तिर्नु नागरिकको कर्तव्य भएको र आफू पनि एक नागरिक भएकाले जरिवानासहित महसुल बुझाएको बताए । यसैबीच, उनले रौतहटका सबै क्षेत्रमा हुकिङ हटाउन निर्देशन दिएका थिए । चेतनाको कमी र पहुँचको विषय बनाएकाले विद्युत् चुहावट अन्त्य नभएको र राज्यले त्यसमा कडाइ गरिरहेको उनले उल्लेख गरे ।