अब २० वर्षभन्दा पुराना गडी चलाउन निषेध, चलाए सरकारले जफत गर्ने - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

अब २० वर्षभन्दा पुराना गडी चलाउन निषेध, चलाए सरकारले जफत गर्ने



१० माघ, काठमाडौं । वातारण प्रदुषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्ण प्रतिबन्ध लगाईने भएको छ। त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ।

यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ। विभागमा महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौंमा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइने छैन।

 

यो निर्णय पूर्ण रुपमा कार्यान्वयन गर्न विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको संयुक्त टोलीले अनुगमन गर्नेछ।  नागरिक दैनिक समाचार छ ।