अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्कीले अव काम गर्न नपाउने - Himal Post Himal Post
  • २९ पुष २०८२, मंगलवार
  •      Tue Jan 13 2026
Logo

अख्तियार प्रमुख कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता, कार्कीले अव काम गर्न नपाउने



काठमाडौं, कात्तिक ३ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध नेकपा एमाले र नेकपा माओवादी केन्द्रका १ सय ९७ सांसदले संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका छन् ।

प्रस्तावमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, नेता माधव नेपाल, पूर्व सभामुख सुवास नेम्बाङसहितका १ सय ७ जनाले हस्ताक्षर गरेको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।

संसद सचिवालयमा दर्ता भएको प्रस्तावमा माओवादी केन्द्रकातर्फबाट ऊर्जामन्त्री जनार्दन शर्मासहित ४० जना सांसदले हस्ताक्षर गरेको उहाँले जानकारी दिनुभयो ।

संसदमा रहेका एक चौथाई सांसदले महाअभियोगको प्रस्ताव दर्ता गर्ने व्यवस्था अनुसार आफूहरुले प्रस्ताव दर्ता गरेको उहाँले बताउनुभयो ।

‘हामीले महाअभियोगको प्रस्ताव दर्ता गरेका छौं’ ढकालले उज्यालो अनलाइनसित भन्नुभयो ‘अब यो प्रस्ताव किनारा नलागेसम्म (कार्की)ले काम गर्न पाउनु हुन्न ।’ एक महिनाअघि विदेश गएका कार्की बुधबार मात्र स्वदेश फर्कनु भएको छ ।  संसदले बुधबार मात्र महाअभियोग सिफारिस समिति गठन गरेको थियो ।