रेल्वेकाे रुट परिवर्तनका गर्न प्रधानमन्त्रीले पहल गर्ने - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

रेल्वेकाे रुट परिवर्तनका गर्न प्रधानमन्त्रीले पहल गर्ने



काठमाडौँ, माघ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहालले जयनगर–जनकपुर रेल मार्गअन्तर्गत बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग (रुट) परिवर्तनका लागि पहल गर्ने बताउनुभएको छ ।

धनुषा क्षेत्र नं ७ बाट निर्वाचित सांसद शत्रुधन महतोको नेतृत्वमा सांसद ज्ञानबहादुर भुजेलसहितको सर्वदलीय प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवासमा ज्ञापनपत्र बुझ्नुहँुदै उहाँले सो कुरा बताउनुभएको हो ।

“ज्ञापनपत्र हेरें, यसभन्दाअघि पनि यस्तै ज्ञापनपत्र आएको छ, रेल्वे लाइन बिस्तार गर्दा साविकका बस्ती विस्थापित हुन्छ र मुआब्जा पनि बढी लाग्छ भने त्यसको वैकल्पिक उपाय खोज्नु पर्छ, त्यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागका प्रतिनिधिलाई बोलाएर कुरा गर्छु, आवश्यक परे भारतीय रेल्वे विभागसँग पनि समन्वय गरेर समस्या समाधानका लागि पहल हुनेछ”– उहाँले भन्नुभयो ।

जयनगर–जनकपुर–बिजुलपुरा–बर्दिवास खण्डको रेल्वे मार्ग विभागले पुस ७ गते प्रकाशित गरेको सूचनाअनुसारको स्थानबाट लैजाँदा मिथिला नगरपालिकाको वडा नं ८ र ९ को बेङ्गाटावरका ४०० घर परिवारलाई उठाउनुपर्ने सांसद महतोले बताउनुभयो ।

“यो मार्गबाट रेल अगाडि बढाउँदा बस्ती बिस्थापित हुने र राज्यलाई मुआब्जाको भार बढी पर्छ, यसबाट २०० मिटर पश्चिम गए खाली जग्गा छ, यहाँको मुआब्जा पनि कम पर्छ, स्थानीयवासीलाई विस्थापित बनाउनु पर्दैन”– उहाँले भन्नुभयो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पनि यसअघि ज्ञापनपत्र बुझाएपछि मन्त्री रमेश लेखकले यो मार्गको निरीक्षण गर्नुभएको सांसद महतोले जानकारी दिनुभयो । रासस