राममणि क्याम्पसका विद्यार्थीका लागि लागू औषध दुव्र्यसन विरूद्ध सचेतना कार्यक्रम - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

राममणि क्याम्पसका विद्यार्थीका लागि लागू औषध दुव्र्यसन विरूद्ध सचेतना कार्यक्रम



भलवारी, २२ भाद्र । बिहीबार ।जेसीज सप्ताहको पाँचौं दिन आज (बिहीबार) जेसीआई भलवारी रूपन्देहीले राममणि बहुमुखी क्याम्पसका प्लस टु तर्फका विद्यार्थीका लागि लागू औषध दुव्र्यसन विरूद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीआई भलवारीका अध्यक्ष मुक्तिनाथ गैह्रेको अध्यक्षता तथा क्याम्पस प्रमुख मोहनराज शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कृपा समूहका सञ्चालक एवम् जेसीआई भलवारीका तालिम संयोजक अमृत गुरूङ् र उपाध्यक्ष सुरज अर्यालले प्रशिक्षण दिनुभएको थियो ।
सो अवसरमा लागू पदार्थ प्रयोगबाट आफू जोगिन र अरूलाई जोगाउन प्रशिक्षकले विद्यार्थीलाई जानकारी दिएका थिए ।

जेसीआई भलवारीका कार्यकारिणी उपाध्यक्ष चिरञ्जीवी बस्यालको संयोजकत्वमा भएको कार्यक्रममा क्याम्पसका प्लस टु संयोजक नोवराज तिवारी, जेसीआई भलवारीका पूर्व अध्यक्ष रमेशकुमार पराजुली लगायतले सबल नेपाल तथा असल समाज निर्माणका लागि विद्यार्थीको भूमिका महत्वपूर्ण हुनेमा जोड दिनुभएको थियो ।

जेसीज सप्ताहको छैटौं दिन भोलि (शुक्रबार) अपरान्ह ५ः०० बजे शाखा सचिवालयमा पूर्व अध्यक्षहरूको सम्मान गरिने जेसीआई भलवारीका उपाध्यक्ष रामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।