भारतले फेरी रोक्यो ढुवानी, पटक-पटक किन रोक्छ सामान ? - Himal Post Himal Post
  • २६ फाल्गुन २०८१, सोमबार
  •      Mon Mar 10 2025
Logo

भारतले फेरी रोक्यो ढुवानी, पटक-पटक किन रोक्छ सामान ?



असोज २६, काठमाडौं-

कोलकातास्थित भारतीय बन्दरगाह भएर तेस्रो मुलुकबाट आयात हुने र भारतीय रेलमार्गबाट आयात हुने फलाम र बोराबन्द सामानमा एकसाथ अनेक समस्या खडा भएको छ ।

नेपालका लागि विदेशबाट माल सामान बोकी आएका कन्टेनर दुई सातादेखि कोलकातामा थन्किएपछि व्यवसायी विलम्ब शुल्क र जरिवानाको मारमा परेका छन् । आजको नागरिकमा खबर छ ।

यता वीरगञ्जस्थित सुक्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै भारतीय रेल्वेले गत सोमबारदेखि आउँदो सोमबारसम्म आठ दिनका लागि नेपाली कार्गो ढुवानी रोकेपछि समग्र व्यापार नै प्रभावित भएको छ ।