फेरी भेटियो बम, ठुलो दुर्घटना भयो असफल - Himal Post Himal Post
  • १० पुष २०८१, बुधबार
  •      Wed Dec 25 2024
Logo

फेरी भेटियो बम, ठुलो दुर्घटना भयो असफल



धादिङ ।

 जिल्ला निर्वाचन कार्यालय परिसरमा अज्ञात समूहले राखेको सकेट बम आज नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको छ ।

मतदान सामग्री लिन जाँदा बिहान कर्मचारीले बोरामा पोको पारेर राखेको शंकास्पद वस्तु देखेपछि प्रहरीलाई खबर गरेको थियो । खबर पाएलगत्तै गजुरीस्थित देविदत्त गणको सेनाको टोलीले बम निष्कृय पारेको हो ।

जिल्ला निर्वाचन कार्यालयको भवन भूकम्पले गर्दा भत्केपछि हाल नीलकण्ठ नगरपालिका– ३ धादिङबेसीस्थित पुछार बजारमा भाडामा सञ्चालन गरिँदै आएको छ । बम कसले राखेको भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले बताए ।