पार्टी सभापति देउवा सित नेबि सङ्घका नेता जीतजंग बस्नेत रूष्ट - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

पार्टी सभापति देउवा सित नेबि सङ्घका नेता जीतजंग बस्नेत रूष्ट



काठमाडौँ ३२ साउन
साउन २३ गते उद्धाटन भएको नेपाल विद्यार्थी सङ्घको महाधिवेशन प्रतिनिधि विवाद मिले पछि आज14054644_1097791273635174_583694090_nबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । ने बि सङ्घको नेतृत्वलाई आफ्नो आफ्नो समूहबाट उम्मेदवारी दिने पक्का पक्की नै भएको छ।पार्टी सभापति देउवाले आफ्ना समूहका सशक्त उमेदवार जितजंग बस्नेतलाई पाखा लाउदै आफ्नै जिल्लाका नैनसिंह महरलाई अघि बढाए पछि बस्नेत रुष्ट देखिएका छ्न।
आफू देउवा समूहलाई बलियो बनाउन विगत लामो समय देखि लागि परे तर अहिले नेतृत्व अरूलाई दिन देउवा पनि कोइरालाहरु जस्तै भएको भन्दै आफू रामचन्द्र पौडेल समूहलाई सघाउने बताएको एक विद्यार्थी नेताले जानकारी दिए।

उता पौडेल समूहमा भने सर्बसम्मत उमेदवार चयन भएको छ मनोजमणी आचार्य अध्यक्षमा,दीपक भट्टराई र हिमाल दत्त श्रेष्ठलाई महामन्त्रीमा उठाउने लगभग लगभग पक्का भएको छ।उहाँ हरुलाई आध्यक्षका प्रत्यासीहरु निलकण्ठ रिजाल ,क्षितिज भण्डारी र आनन्द त्रिपाठीको समर्थन रहेको छ।सिटौला समूहले भने आफ्नो समूहका अध्यक्षका प्रत्यासी कुन्दन काफ्लेलाई देउवा समूहबाट महामन्त्रीमा उठाएर देउवा समूहलाई सहयोग गर्ने तयारीमा छ।