ने.नि.क युनियन(संघ)अर्घाखाँचीको जिल्ला अधिवेशन आज सन्धिखर्कमा हुदै - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

ने.नि.क युनियन(संघ)अर्घाखाँचीको जिल्ला अधिवेशन आज सन्धिखर्कमा हुदै



हरि प्रसाद भुषाल ,अर्घाखाँची/फाल्गुन ७ 
नेपाल निजामती कर्मचारी युनियन (संघ) जिल्ला कार्य समिति अर्घाखाँचीको सातौ जिल्ला अधिबेशन आज  सन्धिखर्कमा सम्पन्न हुने भएको छ ।

विगतका वर्षहरुदेखी नै कर्मचारीहरुको हक अधिकार स्थापनाका साथै क्षमतावृद्धीका विभिन्न गतिविधी गर्दै आएको संघले आज हुने जिल्ला अधिबेशन सभ्य र भव्य रुपमा सम्पन्न गर्ने र कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको बताइएको छ ।

अधिबेशनको पूर्व सन्धयामा सन्धिखर्कमा हिजो वैठक बसी युनियन संघले विभिन्न् निर्णयहरु समेत गरेको छ । नेपाली काँग्रेसका जिल्ला सभापति विष्णु प्रसाद खनाल मुस्कानले उद्घाटन गर्ने कार्यक्रममा केही व्यक्तिहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ ।