नेपालमा लिइने IELTS को प्रश्नपत्र लाखौंमा बिक्री - Himal Post Himal Post
  • १४ असार २०८३, आईतवार
  •      Sun Jun 28 2026
Logo

नेपालमा लिइने IELTS को प्रश्नपत्र लाखौंमा बिक्री



काठमाडौं । ब्रिटिस काउन्सिलले लिने आइइएलटिएसको परीक्षामा प्रश्नपत्र लिक गराएर परीक्षा उत्तीर्ण गराउने धन्दामा अन्तर्राष्ट्रिय गिरोह नै संलग्न रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

प्रहरीले शुक्रबार राति चार सञ्चालकसहित १३ जनालाई पक्राउ गरेको थियो । उनीहरु मध्ये विद्यार्थीहरुलाई छाडिएको छ भने अन्यलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।

पक्राउ परेका काउन्सिलका एजेन्ट सुरज तामाङको अन्तर्राष्ट्रिय समूहसँग सम्पर्क देखिएको छ। प्रहरी स्रोतका अनुसार, एक भारतीयमार्फत उनले पहिले नै प्रश्नपत्र पाउँदै आएका थिए।

उनले लामो समयदेखि आइइएलटिएस परीक्षा उत्तीर्ण हुन चाहने विद्यार्थीलाई प्रश्नपत्र बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रश्नपत्र आउट गराउँछु भन्दै विद्यार्थीहरुबाट मोटो रकम असुलेको भेटिएको छ । ‘विद्यार्थीसँग १ देखि २ लाखसम्म लिएको पाइएको छ’ प्रहरीले भनेको छ ।

लिक गरिएको प्रश्न र शनिबारका लागि तय भएको आईईएलटीएस परीक्षा मिलेको पाइएको छ ।