त्रिशूलीमा ट्याङ्कर खस्दा चालक बेपत्ता - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

त्रिशूलीमा ट्याङ्कर खस्दा चालक बेपत्ता



चितवन,  माघ ५ गते । काठमाडौँबाट बारातर्फ जान आउँदै गरेको खाली पेट्रोल ट्याङ्कर चञ्डिभञ्ज्याङ–५ कालीखोलाबाट त्रिशूली नदीमा गएराति खस्दा चालक र ट्याङ्कर बेपत्ता भएका छन् भने सहचालक घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ना ४ ख ४१४३ नम्बरको ट्याङ्कर गएराति ११ः४० बजे त्रिशूलीमा खस्दा बारा जिल्ला अमलेखगन्जका चालक २५ वर्षीय उमेश तामाङ बेपत्ता भएका छन् भने ट्याङ्कर पनि बेपत्ता छ । रातिदेखि नै खोजी कार्य जारी रहेको थापाले बताउनुभयो । ट्याङ्करमा रहेका सहचालक बारा अमलेखगन्जकै २५ वर्षीय प्रदीप लामा भने घाइते भएका छन् ।

उनको कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ र अवस्था खतरामुक्त रहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो ।

ट्याङ्कर पानीमा पुगेपछि नदीमा झरेका सहचालक पौडेर बाहिर निस्किएको प्रहरीले जनाएको छ । अर्को गाडीलाई उछिन्ने क्रममा सो ट्याङ्कर खसेको सहचालकले बताएका छन् । रासस