टोपबहादुर र चन्द्र भण्डारीद्वारा संविधान संशोधनको विधेयकमाथि अर्को संशोधन प्रस्ताव दर्ता - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

टोपबहादुर र चन्द्र भण्डारीद्वारा संविधान संशोधनको विधेयकमाथि अर्को संशोधन प्रस्ताव दर्ता



काठमाडौं, १५ फागुन ।

कांग्रेस र माओवादी केन्द्रका विद्रोही सांसदहरूले संविधान संशोधनको विधेयकमाथि अर्को संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

सरकारले पाँच नम्बर प्रदेशको सीमाङ्कन परिवर्तन गर्ने गरी संसदमा प्रस्ताव दर्ता गराएदेखिनै विरोधमा उत्रिएका कांग्रेसका सांसदहरू चन्द्र भण्डारी, धनराज गुरूङ र अमरसिंह पुन तथा माओवादी केन्द्रका टोपबहादुर रायामाझीले अर्को संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

कांग्रेस र माओवादी केन्द्रका चार जना सांसदहरूले पस्तावित पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लालाई टुक्याउन नहुने भन्दै विरोध गर्दै आएका थिए।

भण्डारी, रायामाझी, गुरूङ र पुन पाँच नम्बर प्रदेशबाट अलग नगराउन प्रस्ताव दर्ता गराएका हुन् ।