जिम्बाबेका राष्ट्रपति इमर्सन लक्षित बिस्फोट - Himal Post Himal Post
  • २६ मंसिर २०८१, बुधबार
  •      Wed Dec 11 2024
Logo

जिम्बाबेका राष्ट्रपति इमर्सन लक्षित बिस्फोट



जिम्बाबेको बुलावायो सहरमा भएको र्यालीमा बम विस्फोट हुँदा राष्ट्रपति इमर्सन मनंगाग्वा मात्र केही इन्चले बचेका छन् । मनंगाग्वाका अनुसार आफू भएकोभन्दा केही इन्च पर मात्रै विस्फोट भएको थियो । आफ्ना समर्थकलाई सम्बोधन गरेर राष्ट्रपति मनंगाग्वा स्टेजबाट बाहिर जाँदै गर्दा विस्फोट भएको थियो ।

जिम्बाबेमा ३० जुलाई मा आमनिर्वाचन हुँदै छ । जिम्बाबेको सरकारी च्यानलका अनुसार उक्त विस्फोटमा राष्ट्रपतिलाई चोट लागेको नभएतापनि उपराष्ट्रपति केम्बो मोहादी भने घाइते भएका छन् ।

गत नोम्बेम्बरमा पूर्वराष्ट्रपति रोबर्ट मुगाबेलाई पदबाट हटाएपछि मनंगाग्वा राष्ट्रपति बनेका थिए । शनिबार उनी आफ्नो पाटी जानु–पिएफको चुनावी ¥यालीमा सम्बोधन गर्न त्यहाँ गएका थिए । उक्त सहरमा विपक्षीको राम्रो पकड रहेको बताइन्छ । पूर्वराष्ट्रपति ३७ वर्षदेखि जिम्बाबेको नेतृत्व गरिरहेका थिए । उनी सत्तामा भएदेखि जिम्बाबेमा निर्वाचन भएको थिएन । एक समाचार एजेन्सीका अनुसार बम विस्फोट भएपछि भीडमा भागदौड मच्चिएको थियो । राष्ट्रपति भने आफ्नो गाडी चढेर बाहिर निस्केका थिए ।

राष्ट्रपतिका प्रवक्ता जर्ज चराम्बाले उक्त घटनाबाट सात–आठजना घाइते भएको बताएका छन् । उनको अनुसार उपराष्ट्रपतिको खुट्टामा चोट लागेको र उनी खतरामुक्त अवस्थामा भएको जानकारी आएको छ । जिम्बाबेका प्रथम उपराष्ट्रपति कोन्साटेन्टिनो चिवेगाकी पत्नी मैरी चिवेगा पनि उक्त घटनामा घाइते भएकी थिइन् । यस विस्फोटको राष्ट्रपति, उपराष्ट्रपति लगायत अमेरिकी राजदूतावास सबैले पनि निन्दा गरेका छन् ।