गोली प्रहार गरेर २ लाख बढी लुटपाट - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

गोली प्रहार गरेर २ लाख बढी लुटपाट



१२ माघ विराटनगर । मोरङको कर्सियामा लुटेराहरुको एक समूहले आज दिउँसो वित्तीय संस्थाका एकजना कर्मचारीलाई गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका छन् ।

लुटेरा समुहले मोरङको कटहरीमा मुख्य कार्यालय रहेको वित्तिय संस्था जीवन विकास समाजका कर्मचारी ३५ बषिर्य घनश्याम बहरदारमाथि दिउँसो १२ बजेतिर गोली प्रहार गरेर २ लाख बढी लुटपाट गरेका हुन् ।

 

कर्सियाको पश्चिमचर्फ रहेको खोला छेउमा लुकेर बसेका चार जना लुटेरा समुहले जीवन विकास समाजका बरिष्ठ फिल्ड साहायक बहरदार माथि गोली सहित रडले कुटपिट गर्दै उनले दादरबेरीयाबाट संकलन गरेर ल्याएका रकम लुटेर फरार भएको जीवन विकास समाजका फिल्ड साहायक रबिन्द्र नारायण ठाकुरले जानकारी दिए ।

गोली र रड प्रहारबाट घाइते भएका बहरदारको विरानगरस्थित विराट अस्पतालमा उपचार भइरहेको छ । उनको उपचारमा संलग्न चिकित्सक फणिन्द्र मण्डलले बहरदारको दायाँ तिघ्रामा गोली लागेको बताए ।

उनी बेहोस अवस्थामा छन् । यस्तै रड प्रहारका कारण उनको देब्रे तिघ्रा समेत भांच्चिएको जानकारी दिए । उपचाररत बहरदार भने खतरामुक्त रहेको उनले बताए । गोली लागेर घाइते भएका बहरदारलाई आफ्न्तहरुले विराटनगर अस्पतालसम्म ल्याएको पीडितका श्रीमति बबिता बहरदारले जानकारी दिए ।

सो बिषयमा प्रतिक्रिया दिँदै मोरङ प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले लुटेरा समूहमध्ये १ जनालाई नियन्त्रणमा लिइएको र अन्यको खोजतलास तीब्र पारिएको जानकारी दिए ।

घटनामा संलग्न भएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको जनाएको छ । घटनाको अनुसन्धान भईरहेकोले पक्राउ परेका ब्यक्तीको नाम प्रहरीले सार्बजनिक गरेको छैन ।

यसअघि पनि बिराटनगरको रानीमा अज्ञात समुहले एकजना मनि ट्रान्सफरका संचालकमाथि गोली प्रहार भएको थियो । सो घटनामा पनि यसै समुहको संलग्नता रहेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । पछिल्ला दिनमा मोरङमा गोली प्रहारका घटनामा वृद्धि हुँदै गएको छ ।