आजका पत्रिकाको फ्रन्ट पेज के के छापियो  - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

आजका पत्रिकाको फ्रन्ट पेज के के छापियो 



हिमाल पोष्ट/ ८ मंसिर, काठमाडौं ।

नागरिक दैनिकः आजको नागरिक दैनिकको प्रथम पृष्ठमा डा. गोविन्द केसीको लेख छापिएको छ । किन मौन छ सरकार ? शीर्षकको यो लेख कुराकानीमा आधारित हो ।

त्यसैगरी नागरिक दैनिकले ‘संशोधन’मै आजको निकास शीर्षकमा राजनीतिक समाचारमा मुख्य बनाएको छ । त्यसैगरी पुरानो बसपार्कमा भ्यु टावर निर्माणका क्रममा काठमाडौं महानगरपालिकाले मनपरी गरिरहेको समाचारलाई पनि नागरिकले मुख्य बनाएको छ ।

डा. गोविन्द केसीको माग पूरा नभएर सरकार अस्पताल बन्द गरिने समाचार पनि नागरिकमा प्रकाशित छ ।

कान्तिपुर दैनिकः कान्तिपुर दैनिकको पहिलो पृष्ठमा ‘संविधान संशोधनको प्रस्ताव विरोध बढ्यो’ शीर्षकमा रोल्पाको लिवाङमा भएको विरोध प्रदर्शनको तस्वीरसहित समाचार प्रकाशित भएको छ । संविधान संशोधन गर्दा ५ नम्बर प्रदेशलाई तराईबाट अलग गर्न नहुने भन्दै सर्वदलीय विरोध प्रदर्शन सुरु भएको कान्तिपुरले लेखेको छ ।

त्यसैगरी सरकारले मधेसी मोर्चासँग अन्तिम कसरत गरिरहेको कान्तिपुरले छापेको छ । त्यस्तै डा. गोविन्द केसीको अनसनसम्बन्धी समाचारलाई पनि कान्तिपुरले प्रमुखताका साथ छापेको छ ।

कान्तिपुरको एङकर समाचारका रुपमा लोकगायक झलकमान गन्धर्वको गीत ४३ वर्षपछि लण्डनमा फेला परेको विवरण उल्ल्ेख गरेको छ ।

अन्नपूर्ण पोस्टः आजको अन्नपूर्णले सांसदहरुको तलबभत्ता बृद्धिलाई दुर्भाग्यपूर्ण बताएको भन्दै ‘सांसद सुविधा वृद्धि अस्वीकार्यः डा. केसी शीर्षकको समाचार मुख्य बनाएको छ । त्यस्तै संशोधन मोर्चाको अनुमोदनपछि शीर्षको अर्को समाचार मुख्यरुपमा छापिएको छ । परिवर्तनले छोएन कर्णालीलाई शीर्षकमा ललित बुढा र गोजिन्द देवकोटाको संयुक्त बाइलाइनमा छापिएको छ ।

गोरखापत्रः आजको गोरखापत्र दैनिकले पहिलो पृष्ठमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्पबाट क्षतिग्रस्त बौद्ध महाचैत्यको उद्घाटन गरेको फोटोलाई चार कोलमको स्थान दिएको छ भने एक कोलममा समाचार प्रकाशन गरेको छ ।

गोरखापत्रले ‘राष्ट्रिय एकता र सहमतिको विकल्प छैन’ भन्ने प्रधानमन्त्रीको भनाइलाई प्राथमिकता दिएको छ । त्यस्तै मोर्चासँगको छलफलपछि संशोधन प्रस्ताव शीर्षकमा कांग्रेस बैठकको समाचार प्रकाशन गरेको छ ।

पञ्चामृत खाएको कारण सप्तरीमा भागाभाग भएको समाचारलाई गोरखापत्रले पहिलो पृष्ठमा एककोलमको स्थान दिएइको छ । त्यस्तै गोरखापत्रले योग्य चिकित्सक विदेश पलायन र चीनमा भायानक सडक दुर्घटना शीर्षकको समाचारलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा प्रकाशन गरेको छ ।

नयाँ पत्रिकाः आजको नयाँ पत्रिका दैनिकमा संविधान निर्माणका वेला देखिएको मुठभेड संशोधनका वेला दोहरिने सम्भावना भन्दौ फेरि मुठभेडको खतरा शीर्षकमा रमेश सापकोटाको बाइलाइमा मुख्य समाचार प्रकाशन भएको छ । पतञ्जलीले १० वर्षमा एक खर्ब लगानी गर्ने शीर्षकको समाचारलाई  आजको नयाँ पत्रिकाले प्रमुखताका साथ प्रकाशन गरेको छ ।

नयाँ पत्रिका विकास अनुगमन भन्दै  साढे चार अर्ब खर्च तर, सफा भएन बागमती शीर्षकमा वीरेन्द्र ओलीको रिपोर्ट प्रस्तुत गरेको छ । त्यस्तै पहिलो पृष्ठमै लोकसेवाद्वारा प्रहरीका सुविधा कटौती शीर्षकमा समाचार प्रकाशन गरेको छ , नयाँ पत्रिकाले ।