आईजीपीको अन्तिम छिनोफानो आज - Himal Post Himal Post
  • ३ असार २०८३, बुधबार
  •      Wed Jun 17 2026
Logo

आईजीपीको अन्तिम छिनोफानो आज



काठमाडौं, १८ फागुन ।

प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिको प्रकरणलाई लिएर सर्वोच्च अदालतमा प्रहरी नियमावलीको नियम ४१ को व्यापक व्याख्या भइरहेको छ।

इजलासको आईजीपी नियुक्तिको निर्णय गर्दा नियम ४१ मा भएको प्रावधान निर्णयमा देखिनुपर्ने वा नपर्ने भनी कानुन व्यवसायीहरुलाई प्रश्न गरिरहेको छ।

सरकार तथा आईजीपीमा नियुक्तिको निर्णय भएका डीआईजी जयबहादुर चन्द र सरकारका कानुन व्यवसायीहरुले नियम ४१ बमोजिम सरकारले निर्णय गर्दा अदालतले कुनै पनि प्रश्न गर्न नसक्ने जिकिर गरेका छन्।

डीआईजी चन्दलाई आईजीपी बनाउन नहुने र बनाउुपर्ने भनेर हालसम्म ३८ जना कानुन व्यवसायीले बहस गरिसकेका छन्।

उनीहरुमध्ये प्रायले प्रहरी नियमावलीको नियम ४१ को आफ्नै तवरले व्याख्या गरिरहेका छन्। आजको नेपाल समाचारपत्रले खबर छापेको छ।