अर्घाखाँचीमा मौरीपालन व्यवसाय बढदै - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

अर्घाखाँचीमा मौरीपालन व्यवसाय बढदै



३१ भदौ,अर्घाखाँचीमा मौरीपालन व्यवसाय बढदै गएको छ । कृषि विकास कार्यालय अर्घाखाँचीले मौरी पालनलाई प्राथमिकता दिएपछि यसतर्फ किसानको आर्कषण बढेको हो ।
कृषि कार्यालयले जिल्लाभर मौरीपालनको लागि राम्रो क्षेत्र मान्दै पहिलो प्राथमिकता दिई आधुनिक घार वितरण, कृषकलाई तालिम, प्राविधिक शिक्षा लगायतका सहयोग गरेको जिल्ला कृर्षी विकास कार्यालय अर्घाखाँचीले वताएको छ ।
जिल्लामा अहिले वार्षिक ९ मेट्रिक टन मह उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत थिरलाल गैरेले बताए । यसबाट करिव एक करोडको रुपैया“ आम्दानी भएको छ र आन्तरिक खपत गरी झण्डै एक करोड रुपैया“ बराबारको आम्दानी देखिएको छ ।

जिल्लाचर चिउरी, सुन्तला, लिची, अम्बा लगायत फुलफुल्ने रुखहरु प्रशस्त भएकाले मौरीपालन व्यवासया फस्टाउदै गएको गैरे
ले बताए । ठाडा, ढिकुरा, धनचौर, नुवाकोट, अर्घातोष, सुवर्णखाल लगायतका साविकका १५ वटा गाविसहरु मौरी पकेट क्षेत्र घोषणा गरिएको छ ।