अनलाइन पत्रकारमा सत्याल विजयी - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

अनलाइन पत्रकारमा सत्याल विजयी



काठमाडौँ,  फागुन १५ 

अनलाइन पत्रकार सङ्घका अध्यक्षमा ‘क्लिकमान्डु डट कम’का शिव सत्याल ६२ मत ल्याएर विजयी हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी अरुण बरालले २४ मत प्राप्त गर्नुभएको थियो ।

यस्तै उपाध्यक्षमा चन्द्र काफ्ले, सचिवमा केशव पाठक र कोषाध्यक्ष डिल्ली सापकोटा विजयी हुनु भएको छ । केन्द्रीय पार्षदमा भने पुष्प दुलाल, केपी ढुङ्गाना, अजयबाबु शिवाकोटी, रामप्रसाद दाहाल, कुबेर चालिसे, प्रवेश सुवेदी, माधव चौलागाईं, प्रकाश ढुङ्गाना र दिनेश बस्नेत निर्वाचित हुनु भएको छ । रासस