संसदबाटै मागियो योगेश भट्टराईको राजिनामा - Himal Post Himal Post
  • २९ फाल्गुन २०८१, बिहीबार
  •      Thu Mar 13 2025
Logo

संसदबाटै मागियो योगेश भट्टराईको राजिनामा



काठमाडौं- संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईको राजीनामा संसदबाटै मागिएको छ।

सरकारले संसद्को मर्यादामा चोट पुर्‍याउने गरी गलत विधेयक पेश गरेको भन्दै एक सांसदले भट्टराईको राजिनामा माग गरेका हुन् ।

बिहीवार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा नेमकिपा सांसद प्रेम सुवालले विधेयकमा अप्रासंगिक विषय प्रवेश गराएको भन्दै भट्टराईको राजीनामा माग गरेका छ ।

‘विधेयकमा अप्रासंगिक विषय राखिएकाले विधेयक पेश गर्ने सम्बन्धित मन्त्रीले राजीनामा गर्नु आवश्यक छ, राजीनामा नगरे प्रधानन्त्रीले बर्खास्त गर्नुपर्ने आवश्यकता छ,’ उनले भने, ‘यो विधेयकले सिंहदरबारमा सच्चा मान्छे होइन सिंहदरबार ठगहरूको घेरामा रहेको पुष्टि गरेको छ,’ उनले भने ।

सांसद सुवालले प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको अवसरमा नेपालको नक्सा आकारको केक काट्नु सार्वभौमिकता विरुद्धको काम भएको टिप्पणी समेत गरे ।