यी हुन् युवतीलाई ‘बोक्सी’ भन्दै निर्घात कुटपिट गर्ने भोलेबाबा - Himal Post Himal Post
  • १७ असार २०८३, बुधबार
  •      Wed Jul 1 2026
Logo

यी हुन् युवतीलाई ‘बोक्सी’ भन्दै निर्घात कुटपिट गर्ने भोलेबाबा



धनगढी । युवतीलाई ‘बोक्सी’ भन्दै निर्घात कुटपिट, लछारपाछर र गाली बेजती गर्ने राम बहादुर चौधरी ‘भोलेबाबा’लाई प्रहरीले पक्राउ गरेको छ ।

कैलालीको घोडाघोडी नगरपालिकाकी राधा चौधरीलाई गाउँले भेला गरेर बिहीबार बिहान ७ बजेदेखि दिउँसो १२ बजेसम्म लगातार कुटपिट गर्ने चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुटपिटबाट बेहोस भएकी उनको घोडाघोडी अस्पताल सुखडमा उपचार पछि थप उपचारकोलागि सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

कुटपिट गर्ने चौधरी उपर उजुरी दर्ता गर्न खोज्दा इलाका प्रहरी कार्यालय सुखडले उजुरी दर्ता गर्न नमानेपछि कैलालीका थारु पत्रकार, राष्ट्रिय मानव अधिकार आयोग, ईन्सेक, ओरेक नेपाल लगायत सङ्घ संस्थाको पहलमा पीडकलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक विनोद घिमिरेको अनुसार पीडित किशोरीका आफ्न्तले चौधरीमाथि सार्वजनिक अपराधमा उजुरी दिएको बताए ।

घिमिरेले  शनिवार भएकोले आइतबार मात्रै त्यो मुद्दा दर्ता गर्ने बताउँदै पीडक चौधरी माथि अनुसन्धान गरी कानुनी कार्बही अगाडी बढाउने बताए ।