यती समूहलाई झट्का - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

यती समूहलाई झट्का



काठमाडौं । यती समूहले दरबारमार्गमा बनाइरहेको भवनको काम रोक्न उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

यति समूहसंग गरेको सम्झौतामा त्रुटीपूर्ण देखिएको भन्दै उच्च अदालत पाटनले अल्पकालिन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता परिवर्तन राईले पुस २३ मा दर्ता गरेको रिट निवेदनउपर सुनुवाइ गर्दै उच्च अदालतका मुख्यन्यायाधिश नहकुल सुवेदीको एकल इजलासले उक्त आदेश दिएको हो ।

मुद्दामा प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयदेखि लिएर विभिन्न मन्त्रालय, नेपाल ट्रस्ट र थामसेर्कु ट्रेकिङ प्रालिलाई पनि प्रतिवादी बनाइएको छ ।

अदालतले दुवै पक्षलाई माघ १ मा छलफलमा बोलाएको छ । यति समूहलाई अवैधानिक रूपमा ३० वर्षका लागि लिजमा दिएको दाबी गर्दै उच्च अदालत पाटनमा रिट दायर भएको थियो ।