चीनले दुई अर्ब अमेरिकी डलर सहयोग गर्ने
काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले विकासउन्मुख राष्ट्रको लागि दुई अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय सहायता दिने घोषणा गरेका छन् ।
उनले कोरोना भाइरसले पुर्याएको क्षतिसँग लड्न दुई अर्ब अमेरिकी डलर अन्तर्राष्ट्रिय सहायता प्रदान गर्ने घोषणा गरेका हुन्।
कोरोनाका कारण विश्वभरका राष्ट्रको आर्थिक र सामाजिक विकासमा धक्का पुगेको छ।
विकासउन्मुख राष्ट्र कोरोनाबाट झनै प्रभावित भएकाले यस सहायता विशेषगरी त्यस्ता राष्ट्रले पाउने सीले बताएको सिन्ह्वाले जनाएको छ।
दुईवर्षको अवधिमा यस सहायता प्रदान गरिने छ।
सीले ७३ औं विश्व स्वास्थ्य सम्मेलनका क्रममा कोरोना भाइरसको विषलाई अतिरन्जित नबनाउन र यसबारेमा वैज्ञानिक अध्ययन जरुरी भएको पनि बताएका थिए।
पछिल्लो समय अमेरिकाले कोरोना भाइरस चीनको प्रयोगशालामा निर्माण भएको हुनसक्ने आशंका व्यक्त गर्दै आएको छ।