डब्लुएचओले भन्यो: निको भएपछि पनि हुनसक्छ कोरोना संक्रमण
एजेन्सी– विश्व स्वास्थ्य संगठनका अनुसार कोभिड १९ ठिक भइसकेका विभिन्न व्यक्तिलाई फेरि संक्रमण हुनसक्ने बताइएको छ ।
त्यस्ता व्यक्तिमा एन्टीबडीले कोरोनाभाइरस नजित्ने पनि विश्व स्वास्थ्य संगठनले बताएको छ । चीन लगायातका मुलुकमा पुन: सङ्क्रमण भैरहेका बेला विश्व स्वास्थ्य संगठनले यस्तो बताएको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार इम्युनिटी हासिल गर्ने प्रक्रियामा विभिन्न स्टेपको प्रोसेस हुने र यसका लागि दुई साता कम्तिमा पनि लाग्ने पनि बताएको छ । यो प्रक्रिया रगतमा हुने एन्डी बडिजमा निर्भर हुने बताइएको छ ।
विश्व स्वास्थ्य संगठनले कोरोनाभाइरस संक्रमितमा हुने एन्टी बडिजबारे अध्ययन गरिरहेको बताएको छ ।