भ्रमण वर्ष स्थगित, भिसा पनि रोक्ने - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

भ्रमण वर्ष स्थगित, भिसा पनि रोक्ने



काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) का कारणले नेपाल भ्रमण वर्ष स्थगित गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा फैलिएकोले नेपाल भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर २०२२ मा सम्पन्न गर्ने तयारी गरिएको एक मन्त्रीले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद् बैठकले नेपाल आउनेहरुलाई दिँदै आएको अनअनराइल भिसा तत्कालका लागि स्थगित गर्ने निर्णय पनि गरेको छ ।

अनअनराइभल भिसाको सुविधा पाउँदै आएका केही देशका नागरिकलाई अब त्यस्तो सुविधा नदिने निर्णय भएको उनले जनाए ।

यो तत्कालका लागि गरिएको निर्णय भएको उनको भनाइ छ । कुन कुन देशका नागरिकलाई भनेर भनिएको छैन ।

एक मन्त्रीका अनुसार ४–५ वटा देशबाट आउने नागरिकलाई मात्रै अनअनराइभल भिसा नदिने निर्णय भएको हो ।

फागुन २४ गतेबाट लागु हुनेगरी यो निर्णय कार्यान्वयनमा जानेछ ।