डब्लुएचओको चेतावनी: कोरोना भ्याक्सिनमाथि खेलाँची नगर - Himal Post Himal Post
  • २६ माघ २०८१, शनिबार
  •      Sat Feb 8 2025
Logo

डब्लुएचओको चेतावनी: कोरोना भ्याक्सिनमाथि खेलाँची नगर



काठमाडौं– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको भ्याक्सिनलाई अनुमति दिने प्रक्रियालाई गम्भीरताका साथ लिन सबै देशहरुलाई आग्रह गरेको छ।

डब्लुएचओकी मुख्य वैज्ञानिक सौम्या स्वामीनाथनले भनिन्, ‘कुनै पनि देशले ट्रायल पूरा नगरी पनि भ्याक्सिनलाई मञ्जुरी दिन सक्छन्। तर, यो कुनै खेलाँची गर्ने विषय होइन।’

डब्लुएचओका अनुसार अहिले विश्वभर ३३ वटा कोरोना भ्याक्सिनको क्लिनिकल ट्रायल चलिरहेको छ। त्यसैगरी १४३ वटा भ्याक्सिन प्रि–क्लिनिकल इभ्यालुएसनको चरणमा छन्।

डब्लुएचओले बिना पर्याप्त व्यवस्थापन थुप्रै देशले लकडाउन हटाएको भन्दै चिन्ता व्यक्त गरेको छ। उसले चेतावनी दिँदै भनेको छ, ‘जुन देशमा नयाँ संक्रमित उल्लेख्य रुपमा देखिएका छन्, ती देशले पनि मानिसहरुलाई भेला हुन इजाजत दिइरहेका छन्। सामाजिक दूरीको पालना भइरहेको छैन। यो भनेको विध्वंशलाई निम्ता दिनु हो।’

डब्लुएचओका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर २ लाख ६४ हजार कोरोना संक्रमित थपिका छन्। अघिल्लो २४ घण्टामा २ लाख ६५ हजार ८८८ कोरोना संक्रमित थपिएका थिए।

कोरोनाका कारण हालसम्म ८ लाख ४४ हजार ३१२ संक्रमितको ज्यान गइसकेको छ। संक्रमितको संख्या २ करोड ५१ लाख १८ हजार ६८९ पुगेको छ।