जनतालाई उपत्यका छिर्न प्रतिबन्ध: ठुलाबडाका आफन्तलाई भने मस्ती - Himal Post Himal Post
  • ११ माघ २०८१, शुक्रबार
  •      Fri Jan 24 2025
Logo

जनतालाई उपत्यका छिर्न प्रतिबन्ध: ठुलाबडाका आफन्तलाई भने मस्ती



काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) विरुद्धको बन्दाबन्दीको समयमा उपत्यकाबाट ठूलो संख्यामा मानिस बाहिरी रहँदा पछिल्लो पटक उपत्यका भित्रिने क्रम समेत बढेको देखिएको छ ।

यसअघि उपत्यका छाडेर घर जानेको तथ्याङ्क कुनै निकायसँग छैन । तथ्याङ्कको अभावमा बन्दाबन्दीको समयमा उपत्यका बाहिरिएका नागरिक शक्तिको आड वा लुकिछिपी पुनः भित्रिन थालेका छन् । कतिपय नागरिक विभिन्न नाकाबाट बिरामीको बहानामा एम्बुलेन्समार्फत उपत्यका भित्रिन थालेका हुन् ।

लुकिछिपी उपत्यका भन्दा बाहिरबाट उपत्यका भित्रिन थालेकाले व्यक्तिसँगै कोरोना भाइरस पनि भित्रिन सक्ने खतरा बढ्दै गएको कतिपयको भनाइ छ । यद्यपि काठमाडौं उपत्यका अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट सुरक्षित रहेको देखिएको गोरखापत्र लेखेको छ ।

काठमाडौं सङ्कट व्यवस्थापन केन्द्र (सीएमसी) का अनुसार कतिपय उच्च ओहोदाका व्यक्तिले पनि आफन्तलाई उपत्यका बाहिर–भित्र गराइरहेको स्थानीयवासीको गुनासो छ । सर्वसाधरणमा भनसुनको पहुँच नहुने भएका कारण रोकिने गरेको तर, उच्च ओहदाका व्यक्तिको आफन्तहरु भने भनसुनका भरमा राजधानी भित्रिने गरेको पाइएको छ ।