उपराष्ट्रपति पुनको निवासमा शंकास्पद वस्तु भेटियो
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा शंकास्पद वस्तु भेटिएको छ ।
लैनचौरस्थित उपराष्ट्रपति निवासको गेटमा शंकास्पद वस्तु भेटिएको हो ।
एक जना महिलाले निवासको दक्षिण गेटमा झोला राखेर फर्किएको सीसीटीभी फुटेजमा देखिएपछि उपराष्ट्रपतिको सचिवालयले प्रहरीलाई खबर गरेको थियो ।
प्रहरीले झोलामा विष्फोटक पदार्थ हुन सक्ने आशंका गरेको छ ।
दक्षिण गेटमा शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोली उपराष्ट्रपति निवास पुगेको महानगरीय प्रहरीले जनाएको छ ।